२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने


0
Shares

congress meeting

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्दैछ ।

दिउँसो २ बस्ने बैठकमा बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव बढेको छ ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै मन्त्रीको टुंगो लगाउने यसअघि नै बताउनुभको थियो ।