३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


कमजोर सम्झे अमेरिका माथि आक्रमण गर्ने इरानी नेताको चेतावनी


0
Shares

काठमाडौं । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ ।

सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता इन्धनको मूल्य वृद्धिपछि भएको आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।

उनले आन्दोलनका क्रममा भएको हिंसाको पनि बिरोध गरेका छन् । आफूहरुको धैयर्तालाई कमजोर ठाने अमेरिकामाथि आक्रमण गर्नेसमेत इरानले चेतावनी दिएको छ ।

तेहरानमा हजारौं प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै जनरल हासेन सलामीले अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाका कारण इरानमा अशान्ति मच्चिएको आरोप लगाए ।

उनले ती देशकै कारण सयौं सुरक्षाकर्मी मारिएकोसमेत टिप्पणी गरे । गत वर्षको मेमा तेहरान र वासिङ्टनबीच सम्बन्ध बिग्रिएसँगै अमेरिकाले इरानमाथि आणविक प्रतिवन्ध लगाएको थियो । एजेन्सी