Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सुदूरपश्चिम– बत्ती बाल्ने महिना सुरु


0
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि बत्ती बाल्ने अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ का रुपमा मनाइँदैछ ।

साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिइ मन्दिरमा पाठपूजा गर्ने चलन छ ।

साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनु भयो ।

आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसेर देवी देवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहि आएको छ ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् ।

Skip This