काठमाडौं । बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष दिँदै आएको ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी’ अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ ।
बीबीसीले विभिन्न खेलका ६ जना ब्रिटिस खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यसपटकको मनोनयनमा फुटबल खेलाडी राहिम स्टर्र्लिङ, क्रिकेट खेलाडी बेन स्टोक्स, फर्मुला वानका लेविस ह्यामिल्टन, एथ्लेटिक्सका डिना एशर–स्मिथ र क्याटरिना जोन्सन र रग्बी खेलाडी अलुन विन जोन्सन रहेका छन् ।
यही डिसेम्बर १५ तारिखमा ‘बीबीसी वान’मा प्रशारण हुने विशेष कार्यक्रमको दौरान स्पोर्ट्स पर्सनालिटी अवार्ड विजेताको घोषण हुनेछ ।
सो दिन कार्यक्रम हेर्न दर्शकहरुले गर्ने प्रत्यक्ष भोटिङको आधारमा विजेता चयन गरिनेछ । एजेन्सी








प्रतिक्रिया दिनुहोस्