Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी


0
Shares

काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि लागु हुनेगरि प्रदेशसभा अन्त्य गर्नुभएको हो।

पछिल्लो एक महीनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् ।

जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल नै हुन पाएन ।

एमालेको अवरोधकै कारण प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार अब सरकारसामु अध्यादेशबाट पेस्की बजेट वा पूर्ण बजेट ल्याउने दुई वटा विकल्प छन् ।

पेस्की बजेटको आकार चालु आर्थिक वर्षको बजेटको एकतिहाइ मात्र हुने भएकाले अध्यादेशबाट पूर्ण बजेट ल्याउने सरकारको तयारी छ । अध्यादेशमार्फत सरकारले संसदमा प्रस्तुत गरेको ३६ अर्ब ५४ करोडकै बजेट ल्याउन सक्छ ।