३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


न्यूजिल्याण्डको उत्तरी क्षेत्रमा भूकम्प, हजारौं मानिस विस्थापित


0
Shares

काठमाडौं । न्यूजिल्याण्डको उत्तरी क्षेत्रमा ५ दशमलब ९ म्याग्च्यिुडको भूकम्प गएको छ । भूकम्पका कारण हजारौं मानिस विस्थापित भएका छन् ।

विहानको समयमा गएको भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी गरेको अधिकारीहरुले जनाएका छन् ।

पहिला ५ दशमलब ३ र लगत्तै ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पका कारण भएको क्षतिको थप विवरण भने आउन बांकी रहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)