Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नेपाली रेल भारतमा पनि चल्न पाउने


0
Shares

काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौतामा संशोधन भएको सन्दर्भमा नेपाल तथा भारतका सम्बन्धित अधिकारीहरूबीच लेटर अफ एक्सचेन्ज आदानप्रदान सम्पन्न भएकोमा यस नेपाल–भारत उद्योग वाणिज्य संघले उक्त सहमतिको स्वागत गर्दै खुसी व्यक्त गरेको छ ।

संशोधित प्रावधानअनुसार अब उपरान्त नेपालले अन्य सरकारी तथा नीजि भारतीय रेल सेवा तथा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका तथा रहने रेल तथा वागनले वीरगन्ज र बिराटनगर देखी कोलकाता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौता संशोधन भएको पनि अत्यन्त सकारात्मक रहेको संघले उल्लेख गरेको छ ।

यसबाट भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिपत्र प्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागी हुने ढुवानी सेवा दिन सक्ने भएका छन् । साथै निजी सेवा प्रदायकहरूले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गरिने रहेको छ । जसकारण अन्तराष्ट्रिय व्यापारमा सहज हुनुको साथै नेपालको कार्गो ढुवानी गर्ने रेल सेवा प्रदायक कम्पनीहरू बीच प्रतिस्पर्धा हुन गई कुनै एक कम्पनीको एकाधिकारको अन्त्य भई नेपाली व्यापारीहरूलाई प्रतिस्पर्धी मूल्यमा रेल सेवा उपलब्ध हुने र यसबाट नेपाली ब्यबसायीहरू लाभान्वित हुन सक्ने तथ्य अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण मान्न सकिन्छ ।

हाल वीरगन्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेल सम्बद्ध पूर्वाधार तयार भए पश्चात रेल सेवा उपलब्ध हुनेगरी र नेपाल भारत सीमानाका अन्य पारवहन बिन्दु तथा द्विपक्षीय व्यापार नाकामा सहमतिका आधारमा रेल सेवा विस्ता

र हुँदै जाने सहमति जुन यस संशोधनमार्फत व्यवस्था गरिएको छ त्यो पनि अत्यन्त सकारात्मक रहेको संघले ठहर गरेको छ ।

रेल सेवा सम्झौताको संशोधन पश्चात नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई ब्यबस्थित गर्ने सम्बन्धमा यससँग सम्वन्धित ५१ वटा बिभिन्न प्रावधान संशोधन गरिनुबाट भबिष्यमा यस क्षेत्रमा अझ थप सुधारको बाटो खुला गरिएबाट थप लाभ लिन सकिने बताइएको छ । राजधानी