Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


काठमाडौं उपत्यकामा प्रदूषण: बर्सेनि जान्छ १० हजार ज्यान


0
Shares

काठमाडौं । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायू प्रदुषण । यो समयमा जसरी तापक्रम विस्तारै घट्दै जान्छ त्यसको ठिक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् ।

राजधानी समेत रहेको काठमाडौं उपत्यकामा विगत दुई बर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदुषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात ‘एयर क्वालिटी इन्डेक्स(अक्वा)’ मापन गर्दै आएका छन् ।

गत एक साताको तथ्यांकले उपत्यकाको वायू प्रदुषणको स्तर ‘अस्वस्थ्यकर’ रहेको देखाएको छ । सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्युदरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषण्का कारण काठमाडौं मात्रै बार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ । नागरिक दैनिकबाट