एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् ।
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना अघि सारेको दावी गरेको छ ।
इरानले युएन आईएईएलाई २० प्रतिशत शुद्ध युरेनियम धातुको उत्पादन गर्ने कदम चालेको सूचना दिएलगत्तै शक्तिशाली राष्ट्रहरुले त्यसको विरोध गरेका हुन् ।
इरानको उक्त घोषणासँगै भियनामा हुने भनिएको युरेनियमसम्बन्धि संयुक्त कार्ययोजनाको वार्ता पनि रोकिएको समाचारमा जनाइएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले परमाणु हतियार उत्पादनमा लगाएको प्रतिबन्धविरुद्ध कदम चालेको भन्दै इरानकै लागि दुर्भाग्य हुने चेतावनी दिनुभयो ।
आफूहरु विगतमा भएका सहमति पालना गर्न इमान्दार भएपनि इरानले त्यसलाई बेवास्ता गरेर अघि बढ्न खोजेको उहाँको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्