२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको तयारीका लागि छलफल


0
Shares

काठमाडौं । अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाउने भनिएको महाअभियोगको तयारीका लागि विभिन्न सरकारी अधिकारीहरुसँग छलफलल गरिरहेको छ ।

संसदले उपराष्ट्रपति माइक पेन्सका विशेष सल्लाहकार र अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल अलेक्जेण्डर भिन्डम्यानलगायतका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरेको छ ।

त्यसलगत्तै युक्रेनका लागि पूर्व अमेरिकी विशेष दूत कर्ट भोल्कर र राष्ट्रिय सुरक्षा परिषदका विशेषज्ञ टोलीका सदस्यहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

उक्त अनुसन्धान राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति वोल्डामिर जेलेन्स्कीबीच गत जुलाइमा भएको भनिएको फोन संवादमा केन्द्रीत रहेको छ ।

जसमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो विडेनलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।(एजेन्सी)