काठमाडौं । सरकारले नेपालमा रहेका ३३ जना उत्तर कोरियालीलाई घर फर्काएको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् समितिको निर्णयका आधारमा उनीहरुलाई नेपाल छाड्न भनिएको हो ।
आणविक हतियार र मिसाइल बनाएको विरोधमा सुरक्षा परिषद्ले राष्ट्रसंघका सबै १ सय ९३ सदस्य मुलुकमा उत्तर कोरियाली नागरिकलाई काम गर्न नदिन सूचना जारी गरेको थियो ।
अमेरिकास्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कात्तिक २१ मा सुरक्षा परिषदलाई पत्र पठाउँदै अध्यागमन विभागको आदेशमा ३३ उत्तर कोरियालीलाई नेपाल छाड्न लगाइएको जनाइएको छ । कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्