Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत निमयन गरिने


0
Shares

काठमाडौं । कालोबजारी र अवैध कारोबारले सर्वसाधरण जनता पीडित हुनुपर्ने र मुलुकको सुशासनमा गम्भीर असर पर्ने ठहर गर्दै सरकारले कालोबजारी र अवैध कोरोबारलाई सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने गृहकार्य अघि बढाएको छ ।

शुक्रबार मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ५६ औं बैठकमा बजारमा विभिन्न खालका विकृति बढिरहेकाले त्यसलाई रोक्न बजार अनुगमनको दायरा बढाउने, अनुगमन निरन्तर गर्ने, सूचना प्रविधिको उच्चतम प्रयो गर्ने, सूचना प्रविधिमार्फत गलत कार्य रोक्नेलगायतका विषयमा गम्भीर छलफल भएको छ ।

छलफलका क्रममा मुख्य सचिव वैरागीले कालोबजारी तथा अवैध कारोबारलाई प्रहरीको सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने प्रणालीको विकास गर्न गृहसचिवमार्फत उत्त सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

राजधानी