
गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज):
काठमाडौं, जेठ ३१ । यतिबेला विश्वको नजर विश्वकप फुटबलतिर छ ।
नेपालीहरुमाझ पनि उत्तिकै लोकप्रिय विश्वकपको सुरुआतसँगै गाउँ–सहर सबैतिर नयाँ रौनक छाएको छ । नेपालीमात्रै होइन, नेपाल घुम्न आएका विदेशीहरु पनि उत्तिकै उत्साहित छन् ।
फिफा विश्वकप फुटबलको मोह अनौठो छ । अरु बेला खेलप्रति खासै रुचि नराख्नेहरुलाई पनि विश्वकपको ज्वरोले राम्रैसँग गाँज्ने गरेको छ ।
विश्वलाई नै आकर्षित गर्न सफल फुटबलको महासंग्राम हुँदैगर्दा आफ्ना देशबाट नेपाल भ्रमणमा आएका विदेशीहरु पनि अछुतो छैनन् ।
कतिपय पर्यटक आफ्नो देश फर्केर परिवार र साथीभाइका साथ विश्वकप हेर्ने योजना रहेको बताउँछन् ।
केही पर्यटकले भने नेपालमै बसेर नेपाली साथीभाइकाबीच विश्वकपको मज्जा उठाउने बताएका छन् ।
विशेषतः नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई लक्षित गरी विभिन्न रेस्टुरेन्टहरुले ठूलो पर्दामा विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्