Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँ ठाउँमा पहिरो (फोटोफिचर)


0
Shares

चितवन । लगातारको वर्षााले मुग्लिन-नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो ।

हिजो साँझ ठूलो ढुंगासहित पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा छिनछिनमा पहिरो झर्ने क्रम रोकिएको छैन ।