
काठमाडौं । अस्ट्रेलियाको सिड्नी शहरको नजिक रहेको जंगल र त्यस वरपरका झाडी रहेको क्षेत्रमा डढेलो लागेको कारण त्यहाँका जनजीवन प्रभातिव भएको छ ।
डढेलोका कारण फैलिएको धुँवाले त्यहाँको वातावरणमा प्रतिकुल असर पारेको छ । अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीलाई धुवाँको मुस्लोले छोपेपछी त्यहाँको वातावरण अन्धकारमय भएको छ ।
साथै सिड्नीको उत्तरी क्षेत्रमा भीषण आगलागी समेत भएको छ । तीव्र गतिको हावाको बेगका कारण आगलागी र डढेलो लागेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
५० लाख भन्दा बढीको बसोबास रहेको सिड्नीमा आगालगी र डढेलोकै कारण मास्क लगाएर हिंडडुल गर्न बाध्य छन् ।
डढेलो र आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिनुका साथै हेलिकप्टर समेत परिचालन गरिएको छ । (एजेन्सीं
प्रतिक्रिया दिनुहोस्