२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


हिम पहिरोमा परेर चार भारतीय सैनिकसहित ६ को मृत्यु


0
Shares

काठमाडौं । भारत प्रशासित काश्मिरको शियाचिन क्षेत्रमा हिम पहिरोमा परेर चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अन्य दुई जना भरिया रहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको टोली हिम पहिरोमा परेको बताइएको छ ।

हिम पहिरोमा परेर घाइते भएका ७ जनाको उद्धार गर्नका साथै मृतकका शव पहिरोबाट निकालिएको बीबीसीमा उल्लेख छ ।

लामो समयदेखि जारी भारत र पाकिस्तानको सीमा विवादका कारण उक्त क्षेत्रमा लडाई भइरहेको छ ।

लगातारको वार्तापछि पनि सियाचिन क्षेत्रमा विवाद जारी छ । भारतले सन् १९८४ हिमनदी आफ्नो क्षत्रेमा रहेको दावी गरेपछि भारत र पाकिस्तानबीच सीमा विवाद चर्किएको हो ।

त्यसपछि लगातार भइरहेको युद्धका कारण हजारौं भारतीय र पाकिस्तानी सुरक्षाकर्मी मारिएका छन् ।

सन् २०१६ मा पनि उक्त क्षेत्रको हिम पहिरोमा परेर १० जना भारतीय सुरक्षाकर्मीको गस्ती टोलीको मृत्यु भएको थियो ।

त्यहाँ हिम पहिरो र भूस्खलन जाडो याममा सामान्य मानिन्छ । त्यस क्षेत्रको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्छ । (एजेन्सी)