काठमाडौं । नेपालमै सुरक्षण मुद्रण उद्योग (सेक्युरिटी प्रिन्टिङ) खोलेर छपाई गर्ने भन्दै सरकारले टेन्डर रद्द गरेपछि राहदानी अभाव हुने संकेत देखिएको छ ।
राहदानी विभागका अनुसार अब साढे ७ लाख राहदानी मात्रै बाँकी छन् । आर्थिक बर्ष २०७१/०७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएका थिए ।
त्यसयता यो दर बर्षैपिच्छे ६ देखि ७ लाखसम्म छ । गत आर्थिक बर्षमा मात्र ५ लाख १५ हजार राहदानी बाँडिएको विभागका प्रवक्ता तीर्थराज अर्यालले बताए ।
विभागले प्रस्ताव पेस गर्ने अन्तिम दिन कात्तिक २१ गते नेपाल सरकारको निर्णय भन्दै अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको सूचना जारी गरेको थियो । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्