Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपाल र बंगलादेश मैदानमा बंगलादेशलाई १ सय ३९ रनको लक्ष्य


0
Shares

काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेटअन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले बंगलादेशको सामना गरिरहेको छ ।

बंगलादेशको ढाकामा टस हारेर पहिले व्याटिङ गरेको नेपालले १ सय ३९ रनको चुनौती दिएको छ ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन जोड्दा करण केसीले १८ रनको योगदान दिए ।

कुनै समय ८० रन जोड्दा ८ विकेट गुमाईसकेको नेपालका लागि सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गरे ।

यसबाहेक नेपालको ईनिङमा कप्तान ज्ञानेन्द्र मल्लको २२ रन महत्वपूर्ण रह्यो ।

बलिङतर्फ बंगलादेशका मिनाजुल अफ्रिदी र सुमोन खानले ३–३ विकेट लिए । जवाफमा १ सय ३९ रनको चुनौती पछ्याउदै बंगलादेशले आफ्नो व्याटिङ सुरु गरेको छ ।

जारी प्रतियोगितामा लगातार दुई खेल जितेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपालले भने एकमा जित र एकमा पराजय भोग्दै दुई अंक जोडेको छ ।

सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । बंगलादेशलाई हराएपनि नेपालको अन्तिम चारको सम्भावना भने रनरेटमा निर्धारण हुन सक्छ ।

समूहको अर्को खेलमा आजै भारत र हङकङ भिड्दैछन् ।

यो खेलमा भारत विजयी भएको खण्डमा नेपालले बंगलदेशलाई हराएपनि समूहमा तिन टोलीको समान ४–४ अंक हुनेछ । यस्तोमा रनरेटको आधारमा दुई टोली सेमिफाईनलमा प्रवेश गर्नेछन् ।