Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


उत्तर कोरियाली मिडिया भन्छ, ‘नेता किम जोङ्ग उनको तौल घटेपछि जनता चिन्तित छन्’


0
Shares

एजेन्सी । हालैमात्र एक सभामा उपस्थित भएका उत्तर कोरियाली नेता किम जोङ्ग उनको तौल घटेको छ । यो सभाको भिडियो फुटेजमा नेता उन पहिलेको तुलनामा एकदमै दुब्लो देखिएका छन् ।

कोरियाको सरकारी नियन्त्रित मिडियाले उनको तौल घट्दा स्थानीय जनत चिन्तित भएका छन् । उत्तर कोरियाली सरकारी मिडियालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘उनको हालैको फुटेज देखेपछि उत्तर कोरियाका हरेक मानिस स्वास्थ्यलाई लिएर चिन्तामा छन् ।’

उनको स्वास्थ्यको विषयमा जुन महिनामा एक वक्तव्य आएको थियो । विदेशी विश्लेषकहरूले उनको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि वक्तव्य आएको हो । विश्लेषकहरूले ३७ वर्षीय शासकको शारीरिक तौलमा देखिने गरी नै फरक आएको बताएका थिए ।

ताैल घट्नुअघिका किम जाेङ्ग उन

सरकारी मिडिया केआरटीले शुक्रबार प्योङयाङको एक व्यक्तिसँगको अन्तर्वार्ता प्रसारण गरेको थियो । जसमा उक्त व्यक्तिले उनको स्वास्थ्यप्रति चिन्ता जनाएका थिए ।

अमेरिकी टेलिजिभन च्यानल सीएनएनले पनि उनको तौल घटेको विषयमा रिपोर्ट बनाएको छ । पछिल्लो भूराजनीतिक अवस्थाका कारण भएको चिन्ताले उनको तौल घटेको हुनसक्ने सीएनएनको अनुमान छ ।