काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय वैठकले प्रवासी समन्वय कमिटी गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको बैठकले विन्दा पाण्डे ईञ्चार्ज रहेको प्रवासी समन्वय कमिटी बनाएको हो ।
कमिटीको सह इन्चार्जमा लक्ष्मण पाण्डे, अध्यक्षमा युवराज चौलागाईं, सचिवमा सि प्रसाद शाह र सदस्यमा दिल विक रहेका छन् ।
प्रवासी नेपालीको हक हितको रक्षा गर्ने, सम्पर्क, सम्बन्ध र एकताको लागि कमिटी गठन गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्