Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भरतपुरका किसानलाई ‘राइस ट्रान्सप्लान्टर’ हस्तान्तरण, अब मेसिनबाटै धान राेपिने


0
Shares

चितवन । भरतपुर महानगरपालिकाले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ । महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ‘राइस ट्रान्सप्लान्टर’ किसानलाई हस्तान्तरण गरेको हाे ।

५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई १ वटा मेसिन हस्तान्तरण गरिएको हो । भरतपुर–२६ स्थित दिव्यनगरमा महानगर प्रमुख रेनु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गर्नुभएकाे हाे । हस्तान्तरण लगत्तै मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले मेसिनमार्फत् धान समेत रोपेका थिए ।‍

चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर भएकाे बताउँदै महानगर प्रमुख दाहालले अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेकाे बताउनुभयाे । कृषिमा आधुनिकिकरण र यान्त्रीकरण प्रयोग गरी लागत घटाउनेतर्फ महानगरले काम गरिरहेकाे उहाँकाे भनाइ छ ।