१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


१९२० संक्रमित थपिँदा ३४ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । हाल देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।