Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘साग’को ‘काउन्टडाउन’ सुरु


0
Shares

काठमाडौं, कात्तिक ३० । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ‘काउन्टडाउन’ सुरु भएको छ ।

१३औं साग आयोजक मूल समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सागको दिनगन्ती सुरू भएको घोषणा गरेको छ ।

साग सुरु हुन १५ दिन बाँकी रहँदा काउन्टडाउन सुरू गरिएको हो ।

कार्यकममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले सागको वेबसाइटको शुभारम्भ गरे ।

सो अवसरमा सागको ‘अफिसियल प्रोमो’समेत सार्वजनिक गरिएको थियो ।

१३औं सागका खेलहरु आउँदो मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् ।

सागको यो संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत् काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा एक खेल हुनेछ ।

सागको यो संकरणमा ३२४ स्वर्ण, ३२४ रजत र ४७८ कास्यसहित कुल एक हजार १३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सागको उद्घाटन समारोह तीन घन्टा २४ मिनेटको हुनेछ । उद्घाटन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्ने जनाइएको छ ।