Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


पुक्की र जसु तुमिनेको गोलले फिनल्याण्ड युरोकपमा छनोट


0
Shares

काठमाडौं । फिनल्याण्ड जारी युरोकपमा छनोट भएको छ । फिनल्याण्ड यो प्रतियोगितामा पहिलो पटक छनोट भएको हो ।

छनोट प्रतियोगितामा कप्तान पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे ।

नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरोकप छनोटमा गएराति भएको खेलमा लिचेस्टाइनलाई ३–० ले हराएको हो ।

फिनल्याण्ड मुख्य प्रतियोगिता नखेल्ने एकमात्र उत्तरी युरोपेली देश रहँदै आएको थियो । तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

जितसँगै समूह ‘जे’को दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्न सफल भएको छ । उसले एक खेल बाँकी रहँदै तेस्रो स्थानको ग्रिससँग ७ अंकको अग्रता लियो ।

शीर्ष स्थानको इटालीले ९ खेलबाट २७ अंक बटुलेको छ । त्यसैगरी लिचेस्टाइन २ अंक सहित तालिकाको पुछारमा छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा इटालीको शतप्रतिशत जित कायम छ । इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले हराएको हो ।

जितसँगै इटालीले ९ खेलबाट २७ अंक जोड्दै समूह विजेता बन्ने टुङ्गो लगाएको छ भने, बोस्निया १० अंकसहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।