Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पूर्वमन्त्री गच्छदारसँग अख्तियारको चार घण्टा बयान


0
Shares

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा प्रर्वाधारमन्त्री विजयकुमार गच्छादारलाई लामो बयान लिएको छ ।

अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरुले गत २२ कात्तिक(शुक्रबार) साँझ गच्छादारसँग चार खण्टा लामो बयान लिएका हुन । अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छादारसँग बयान लिएको हो ।

बयानका क्रममा गच्छादारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउने प्रयास गरेका थिए ।

‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैंले मन्त्रिपरिषद् पठाएको हुँ । यसमा मेरो केही दोष छैन’, गच्छादारको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो । राजधानी दैनिकबाट