Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दुई वर्षयताकै उच्च बिन्दुमा हुँदा नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि


0
Shares

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ ।

मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमको घाटा यथावत् छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनमा निगमलाई ६४ करोड ९७ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।

‘हामीले नाफाका लागि इन्धनको भाउ बढाइरहेका छैनौँ, निरन्तर घाटामा छौँ,’ उनले भने, ‘घाटा रकम केही कम गर्नका लागि मूल्य बढाइएको हो ।’ नेपालमा बढ्दो मूल्यको पछाडि अन्तर्राष्ट्रिय बजार मुख्य कारण रहेको उनले बताए । आयल निगमलाई प्रत्येक १५ दिन ९१ र १६ तारिख० मा इन्डियन आयल कर्पोरेसन ९आइओसी० ले नयाँ खरिद दर पठाउने गरेको छ ।

नयाँ पत्रिका