Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


तीनपांग्रे सवारीको सवारीधनी पुर्जा वितरण


0
Shares

वीरगन्ज, कात्तिक २९ । वीरगन्ज महानगरपालिकाले तीनपांग्रे सवारी–साधनहरुको रुट परमिटसहितको सवारीधनी पुर्जा वितरण सुरु गरेको छ ।

शुक्रबार महानगपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख विजयकुमार सरावगीले सवारीधनीलाई पुर्जा हस्तान्त्रण गर्दै चालक अनुमतिपत्र नभएका टेम्पु तथा इरिक्सा अबउप्रान्त सन्चालन गरेको पाइए जफत गर्ने चेतावनी दिए ।

नगरप्रमुख सरावगीले स्थानीय तह सन्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगरभित्र सन्चालन हुने तीनपांग्रे सवारी–साधनको रुट परमिट तथा सवारीधनी पुर्जा वितरण थालिएको जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाभित्र हाल दुई हजारभन्दा बढी इरिक्सा र टेम्पो सन्चालनमा छन् ।