Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


ऐतिहासिक सफलता चुमेको महिला भलिबल टिम स्वदेश फिर्ता, जनही तीन लाख दिने घोषणा


0
Shares

काठमाडौं, कात्तिक २९ । ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टिम शुक्रबार स्वदेश फर्केको छ ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बिहीबार बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको थियोे ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे ।

उनले उपाधि जितेर आउने टोलीका सबै सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणासमेत गरेका छन् ।

फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई पराजित गरेको थियो ।

यो उपाधि हासिल गरेसँगै नेपाल अर्को महिना आफ्नै भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिको प्रमुख दाबेदार बनेको छ ।