Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मिति पटकपटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगतै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन्।

कोरोना भाइरस संक्रमणका बीच महाधिवेशन हुनेमा शीर्ष नेताहरूबाटै आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले शनिबार प्रदेश १ र २ का निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर १४औं महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका छन्। ‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। सभापतिमा म फेरि उम्मेदवारी दिनेछु,’ देउवालाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘सोहीअनुसारको तयारी गर्नुहोला।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फ धेरै स्थानमा जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गर्दै आएका थिए। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि पार्टीले प्रत्यक्षतर्फको सिट धेरै जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गरेका थिए। त्यसपछि आफ्नो धारणा राखेका उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापासहितका नेताहरूले नेतृत्वमा देउवालाई सहयोग गर्ने बताउँदै अघि बढ्न सुझाएका थिए। केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीमा विरोध जनाएनन्। तर उपभापति विमलेन्द्र निधिले भने आफूले पनि पार्टी नेतृत्वका लागि आकांक्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए।

नागरिक