Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


सर्लाहीमा वडाध्यक्षका लागि सातजनाको उम्मेदवारी


0
Shares

सर्लाही, कात्तिक २७ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्ष पदका लागि बुधबार सातजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते यहाँ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

दुईजना स्वतन्त्रसहित सातजनाले आफ्नो मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

सत्तारुढ दल नेकपाका तर्फबाट दोस मोहम्मद अन्सारीले उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट रामपृत पासवानको उम्मेदवारी परेको छ ।

यस्तै, राजपाबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय र सीके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादवले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट मनोजकुमार राय र मनोजकुमार यादवले मनोनयनपत्र दर्ता गराएको जनाइएको छ ।

उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता गराउने निर्धारित् समयमा उनीहरुको उम्मेदवारी परेको हो ।

यसअघि, निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको गएको वर्ष मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।