जलेश्वर, कात्तिक २७ । निर्वाचन प्रक्रियामा पहिलोपटक होमिएको डा. सीके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताएका छन् ।
उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउड स्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी छन् ।
पहिलोपटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन् । रासस




प्रतिक्रिया दिनुहोस्