
डोलराज रानाभाट
चितवन । लगातारकाे वर्षा रोकिएपछि नारायणी नदीको बहाव घटेको छ । इतिहासकै उच्च विन्दुमा पुगेकाे नारायणीमा पानीको सतह घटेको हो ।
पानीको सतह घटेसँगै तटीय क्षेत्रको जोखिमसमेत केही कम भएकाे छ । नारायणी नदीको बहाव घटेपछि किनारामा रमाउन जानेहरू बढ्न थालेका छन् । टिकटक बनाउने, समूहमा घुम्न जाने बढेपछि सशस्त्र प्रहरीले भगाउन थालेको छ ।
कोभिड–१९ को महामारी कायमै रहेको र जिल्लामा जारी निषेधाज्ञा नहटेकाले भीड नगर्न आग्रह गर्दै प्रहरीले किनाराबाट हटाउने थालेकाे हाे ।







प्रतिक्रिया दिनुहोस्