 
	    काठमाडौं, असार २ । नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोटको तेस्रो चरणमा पुग्न सफल भएको छ ।
एसियाली फुटबल महासंघ एएफसीले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।
एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले तेस्रो चरणमा पुग्नका लागि प्ले–अफ खेल्न नपर्ने भएको छ ।
कुवेतमा सम्पन्न दोस्रो चरणको खेलपछि नेपाल चौथो स्थानमा रहेको थियो ।
नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना सकिएको भए पनि एसिया कपका लागि भने छनोट भएको हो ।
नेपालले समूह बी मा ६ अंक जोड्ने क्रममा चाइनिज ताइपेईलाई दुवै खेलमा हराएको थियो ।
तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहने छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्