८ असार २०८२, आइतबार | Sun Jun 22 2025


कोरोनाको खोप नपाउँदा लक्षित वर्ग मारमा


0
Shares

काठमाडौं, जेठ ३० । कारोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।

सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन् ।

कतिपय जिल्लामा अन्य उमेर समुहका मानिसहरुले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जिल्लाहरुमा लक्षित वर्ग बाहेककाले पनि खोप लगाउन खोजेपछि अभियान नै स्थगित हुनुपरेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले लक्षित उमेरका व्यक्तिहरुलाई खोप लगाइसकेपछि अन्यको पालो पनि क्रमशः छिट्टै आउने भएकाले लक्षित वर्गलाई खोप लगाउन सबैले सहजीकरण गर्नुपर्ने पनि बताउनुभयो ।

खोप अभियान स्थगित भएका ठाउँमा खोप अभियान पुनः सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको पनि सहप्रवक्ता अधिकारीले बताउनुभयो ।