
तस्विर फाइल
काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिकाले स्थगित गरेको कोभिड विरुद्धको ‘भेरोसेल खोप’ सोमबार (भोलि) देखि पुनः सुचारू गर्ने भएको छ ।
खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार लगाउन सकिने छ ।
वडामा भिडभाड हुने भएकोले ६० देखि ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाइने छ । जसमा वीर अस्पताल, निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिन्छ ।
यसअघि महानगरपालिकाले २५ गतेबाट ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप उपलब्ध नभएपछि स्थगित भएको थियो ।
६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्