Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


अष्ट्रेलियामा तीनदेखि लागेको डढेलो नियन्त्रणमा आएन, तीनको मृत्यु, सयौं घर जलेर नष्ट


0
Shares

काठमाडौं । अष्ट्रेलियाका क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोको कारण ३ जनाको मृत्य भएको छ ।

डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी छ ।गत शुक्रबारदेखि लागेको डढेलो हालसम्म नियन्त्रणमा आएको छैन ।

यसैबीच अष्ट्रलेयिका प्रधानमन्त्री स्कट मोरिसनले १३ सय अग्नीनियन्त्रक परिचालन गरेको बताउँदै डढेलो नियन्त्रणका लागि सेना समेत पठाउन सकिने जानकारी दिएका छन् ।

यता डढेलो नियन्त्रणका लागि खटिएका अग्नीनियन्त्रकलाई क्वीन्सल्याण्ड र साउथ वेल्समा सयौं नागरिकहरुले स्वयमसेवकको भूमिका निर्वाह गरिरहेका छन् ।

डढेलोका कारण सय भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । प्रतिसेकेन्ड ३५ सेन्टिमिटरको दरले ताप आएकोले हजारौं हेक्टर जंगल जलेर खरानी भएको मौसमविदहरुले जनाएका छन् ।

आगलागीका कारण सो क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ भने डढेलो लागेको क्षेत्रका आसपासका सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।(एजेन्सी)