Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


भारतमा आएको बुलबुल चक्रवत आँधीका कारण हजारौं प्रभावित, बंगलादेशको मार्टिन टापुमा पनि सयौं फसे


0
Shares

काठमाडौं । बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ ।

आँधीका कारण उक्त क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलहरु समेत बन्द गराइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेकी छिन् ।

उनले प्रभावितहरुको उद्धार र राहतमा सरकारले कुनै कमि नगर्ने बताएकी छिन् । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सर्दै गएको र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

१२० देखि १५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

बंगलादेशको मार्टिन टापुमा पनि सयौं मानिस फसेको समाचारमा जनाइएको छ ।

आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको भारतीय सरकारी अधिकारीहरुले बताएका छन् । (एजेन्सी)