Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मन्त्रिमण्डल हेरफेरको संकेत: प्रधानमन्त्रीले मागे सचिबालय सदस्यहरुको राजीनामा


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सदस्यहरुलाई सामूहिक राजीनामा दिन लगाएर मन्त्रिमण्डल पनि हेरफेर गर्ने संकेत गरेका छन् ।

सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग लगातारको छलफलपछि मन्त्रिमण्डल हेरफेरको तयारी गर्ने क्रममा शुक्रबार सचिबालयका सबै सदस्यहरुलाई राजीनामाका लागि निर्देशन दिएका हुन ।

अर्का अध्यक्ष दाहालले पनि मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाएको र त्यसको कार्यान्वयनका लागि तयारी भइरहेको जनाइएको छ ।

राजीनामा माग्नुअघि सबै मन्त्रीसँग एकपटक राय लिन लागिएको पनि बालुवाटार स्रोतको भनाइ छ ।

सरकार गठन भएको केही समयपछि नै ओली मन्त्रिपरिषद् हेरफेरका पक्षमा थिए । -नागरिक दैनिकबाट