
धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका सोही स्थानका तीन जना नदिमा नुहाँउने क्रममा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सुवास नेपाली, दिनेश नेपाली र सन्तोष नेपाली रहेका छन् ।
उनीहरुको खोजी कार्य भइरहे पनि फेला पार्न नसकिएको प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्