काठमाडौं, कात्तिक २२ । इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । १०० जना बढी घाइते भएका छन् ।
भागदौड मच्चिँदा धेरैजना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
३० भन्दा बढी घर भत्किएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको इरानको भौगर्भिक केन्द्रले जनाएको छ ।
भूकम्पलगत्तै ६० भन्दा बढी साना पराकम्पन गएको थियो ।
इरान भूकम्पीय हिसाबले जोखिमपूर्ण क्षेत्र मानिन्छ । यहाँ सन् २०१७ मा गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण ६०० जनाको मृत्यु भएको थियो ।
यस्तै, सन् २००३ प्राचीन बाम क्षेत्रमा गएको ६.६ म्याग्निच्यूडको भूकम्पका कारण २६ हजारजनाको मृत्यु भएको थियो । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्