
काठमाडौं, कात्तिक २१ । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको सीमा नमिचेको दाबी गरेको छ ।
बिहीबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेका हुन् ।
नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै उनले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरे ।
उनले सीमा समस्या समाधान गर्न भारत तयार रहेको पनि बताए ।
Weekly media briefing by Official Spokesperson (November 7, 2019) https://t.co/SxplrzzE5y
— Raveesh Kumar (@MEAIndia) November 7, 2019
प्रतिक्रिया दिनुहोस्