६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


संखुवासभा अस्पतालमा आईसियू सञ्चालनमा आउने


0
Shares

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा लामो समयपछि आईसियू सञ्चालनमा आउने भएको छ ।

कुनिना शैक्षिक गुठीले आईसियू सञ्चालन गर्न मासिक ३ लाख रुपैयाँ सहयोग दिने भएपछि आईसियू सञ्चालनमा आउने भएको हो ।

जिल्ला अस्पताल संखुवासभालाई नेपाल सरकारले आईसियू सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएपनि आईसियूका लागि बजेट उपलब्ध नगराएपछि निजी क्षेत्रबाट सहयोग गरीएको हो ।

अस्पतालसँग जनशक्ति नभएपछि पछि कुनीना शैक्षिक गुठीले एनेस्थेसियोलोजिष्टको व्यवस्थापनका लागि मासिक ३ लाख रुपैयाँ सहयोग गरेको शैक्षिक गुठीका अध्यक्ष पाशाङ शेर्पाले बताउनु भयो ।

दुर्गम हिमाली र पहाडी जिल्लामा कोहि पनि अक्सिजनको अभावमा मृत्यु हुन नपरोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले सहयोग सम्झौतामा हस्ताक्षर गर्दै कोरोना महामारी बढ्दै गएको भन्दै कुनिना शैक्षिक गुठी संखुवासभाले आईसियू जनशक्तिमा गरेको सहयोगले अस्पताललाई राहत पुग्ने बताउनुभयो ।

नेपाल सरकारद्वारा आईसियू र भेन्टिलेटर उपलब्ध गराउने भएपनि जिल्ला अस्पतालमा जनशक्तिको अभाव थियो । आईसियू र भेन्टिलेटर सञ्चालनले जिल्लामा गरिव असहाय बिरामीका लागि समेत उपयोगी हुने बताउनुभयो ।