
काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा १८ हजार ५ सय ६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै २ हजार ५७ जना रहेका छन् ।
जसमध्ये काठमाडौंमा १ हजार ६ सय ३०, ललितपुरमा २ सय ९८ र भक्तपुरमा १ सय २९ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७८ हजार ७ सय २८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्