Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नवनियुक्त प्रदेशप्रमुख कलौनीद्वारा पदभार ग्रहण


0
Shares

सुर्खेत, कात्तिक २० । कर्णाली प्रदेशका नवनियुक्त प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेशप्रमुख कलौनीले बुधबार सुर्खेतमा कर्णाली प्रदेशप्रमुखको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेशप्रमुख कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले माला लगाएर स्वागत गरे । रासस