Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


विदाई समारोहमा प्रमुख झा ले भने : प्रदेश प्रमुख फेरबदल हुनु स्वाभाविक हो


0
Shares

बुटवल । प्रदेश नम्बर पाँचका प्रमुुख उमाकान्त झा लाई बुुधबार बुटवलमा एक समारोहबीच बिदाई गरिएको छ ।

प्रदेश प्रमुुखको कार्यालयमा आयोजित समारोहमा आन्तरिक मामिला तथा कानूून मन्त्री कूूलप्रसाद केसीले उनलाई बिदाई गरे ।

सो अवसरमा बोल्दै झाले प्रदेश प्रमुख सरकारले फेर्न सक्ने भएकोले आफूूलाई अहिले कुुनै आपत्ति नभएको र आफुले स्वभाविक रुपमा लिएको  बताए ।

उनले आफूूले संघीयता कार्यान्वयन र संविधानको पालनाप्रति निभाएको भूूमिका प्रदेशका जनताले मूूल्याङन गर्ने बताए ।

‘मेरो मूूल्याङन हुुँदै जाँदा संघीयता बलियो बनायौं । संविधानको सही कार्यान्वयन गर्‍यौं ।

म कत्ति पनि बिचलित भएको छैन । आउने नयाँ प्रदेश प्रमुुखलाई पनि मलाई जस्तै प्रदेशबासी साथ र सहयोग गर्नेछन भन्ने आशा लिएको छुु’ प्रमुुख झाले भने ।

उनले आफ्नो कार्यकालमा प्रदेशले ५० वटा कानूून बनाएको पनि स्मरण गरे । झण्डै २२ महिना प्रदेश प्रमुुख भएका झा बिदाई समारोहमा पनि खुुसी देखिन्थे ।

उनले अव आउने प्रदेश प्रमुखलाई पनि मलाई जस्तै सहयोग गरेर संघीयता बलियो बनाउन सहयोग पुग्ने भन्दै सहयोग गर्न आग्रह गरे । बिदाई समारोहमा मुुख्यमन्त्री शंकर पोखरेल भने सहभागी थिएनन् ।

भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कानूूनमन्त्री कुुलप्रसाद केसी सचिब कर्मचारी प्रत्रकार हरु सहभागी थिए ।