
काठमाडौं, जेठ १६ । नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्