२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बग्दादीकी दिदी पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १९ । टर्कीले इस्लामिक अतिवादी समूह ‘आइएस’का पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरेको जनाएको छ ।

उत्तरी सिरियाको अजाज नगरनजिकैबाट सोमबार बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई पक्राउ गरिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।

अवादबाट थुप्रै सूचना प्राप्त हुनसक्ने विश्वास लिइएको छ । उनी अजाज नगरमा आफ्ना पति र परिवारका अरु सदस्यसहित बस्दै आएको बताइएको छ ।

‘द न्यूयोर्क टाइम्स’काअनुसार बग्दादीका पाँच दाजु–भाइ र धेरै दिदी–बहिनी भएपनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पस्ट छैन ।

गएको अक्टोबर २६ मा अमेरिकी सेनाका कमान्डोले उत्तरी सिरियामा गरेको कारबाहीमा बग्दादी मारिएका थिए । बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । (एजेन्सी)