विराटनगर, कात्तिक १८ । प्रदेश नम्बर–१ का मुुख्यमन्त्री, सभामुख, मन्त्री एवं सांसदहरुले लैंगिक हिंसा अन्त्यका लागि प्रतिबद्धता जाहेर गरेका छन् ।
सोमबार विराटनगरमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले लैंगिक हिंसा हुन नदिने र आफूले पनि नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले जुुनसुकै हिंसालाई पनि प्रशय नदिनेगरी प्रदेश–१ सरकारले कानुन बनाएर कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकार महिला हिंसा अन्त्य गर्नका लागि संवेदनशील रहेको बताइन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तरक्रिया गरेको हो ।
संघीय सरकारले यस वर्ष लैंगिक हिंसाविरुद्ध विशेष अभियान सन्चालन गरेको छ । जसअन्तर्गत् सुरुमा २०० स्थानीय सरकारमार्फत् बृहत् अभियान सन्चालन गरी सम्पूर्ण स्थानीय तहमा पुुग्नेगरी मन्त्रालयले योजना बनाएको सचिव चन्द्र घिमिरले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्