Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


जसपामा स्पष्टीकरण अन्योल


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको रु भन्ने खेलमा लागेका छन् । अर्काको नेतृत्वमा सरकार बनाउने र जोगाउने पछाडि लागेर आफ्नै दल विभाजन गर्ने खेल गरिएको छ ।’ जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरू छन् । पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको रु ‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको रु लगायत आरोप ठाकुर समूहले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेको छ ।

राजधानी