
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा भएको आगलागीलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्वीट गर्दै रकम कटौती गर्ने बताएका हुन् ।
आगजनीको जिम्मेवारी स्थानीय गभर्नरले बहन गर्नुपर्ने बताउदै ट्रम्पले वन व्यवस्थापन सही तरिकाले नगरेका कारण आगजनी भएको आरोप लगाएका छन् ।
केही सातादेखि भइरहेको आगजनीका कारण एक लाख हेक्टर जमीन नष्ट भइसकेको छ भने हजारौं मानिस बिस्थापित भएका छन् ।
साथै उनले लापरवाहीकै कारण वर्षेनी क्यालिफोर्नियाको जंगलमा आगलागी हुने गरेको र वर्षेनी क्षति व्यहोर्नु दुखद घटना भएको भन्दै सावधानी अपनाउन चेतावनी समेत दिएका छन् ।
यसैबीच स्थानीय गभर्नरले भने जलवायु परिवर्तनका कारण आगजनी भएको जिकीर गरेको छ ।
ग्लोबल वार्मिङका कारण भएको उच्च तापमानले गर्दा आगजनी भएको स्थानीय गभर्नर गेविन न्युजमको भनाई छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्